‘दल भन्दा माथि उठेर काम गर्नेछु’

गौरादह । गौरादह नगरपालिकाका नवनिर्वाचित प्रमुख छत्रपति सुवेदीले दल भन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले मतदातालाई धन्यवाद दिदै भिडियो सन्देशमा निश्चित दलबाट उम्मेद्वार भएपनि अब नगरको विकासका लागि सबै पक्षको नगर प्रमुखभएको बताएका छन् ।
सुवेदीले निर्वाचित गराउन भुमिका खेल्ने सबै प्रति आभार प्रकट गरेका छन् । रोजगारी, स्वास्थ्य शिक्षाका लागि अहोरात्र खटेर सबैको सल्लाह सुझाव सहित अघि बढ्ने छु, सुवेदीले भने, निर्वाचित गराउन भुमिका खेल्ने सबै प्रति कृतज्ञता प्रकट गर्दछु ।
सुवेदीले भनेका छन्, हिजो सम्म कुनै एउटा दलको उम्मेद्वार भएपनि अब बिजय भए पश्चात सबै नगरबासीको नगर प्रमुखको हैसियतमा छु, मैले काम गर्दा सम्पूर्णलाई दल देखि माथि उठेर काम गर्नेछु । सुवेदीले सदैव गौरादहबासीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...