काँग्रेसको पार्टी कार्यालयमा घुसेर नगदसहित निर्वाचन सामाग्री लुटेको दावी
मेचीनगर । नेपाली काँग्रेस मेचीनगर वडा नम्बर ९ को कार्यालयमा गएर हुलहुज्जत गरी निर्वाचन प्रचारप्रसार सामाग्रीमा क्षति पुर्याउने समूहलाई कारवाही गर्न माग गरिएको छ ।
बैसाख ३० गते भइरहेको मतदानका बेला स्थानीय लक्ष्मीप्रसाद पाठकसहितको समूह खुट्टेडाँगीस्थित पार्टी कार्यालयमा प्रवेश गरेको थियो । उक्त पार्टी कार्यालय वडा गठबन्धन दलले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्दै आएका थिए । एक्कासी प्रवेश गरेको उक्त समूहले कार्यालयभित्र रहेको निर्वाचन प्रचारप्रसार सामाग्रीसहित अन्य महत्वपुर्ण कागजात लुटेर लगेकोे वडा निर्वाचन परिचालन समितिले दावी गरेको छ ।
पाठकको समूहले नमुना मतपत्र खोसेर खोलामा बगाएको जनाइएको छ । निर्वाचन विथोल्ने प्रयासस्वरुप भएको उक्त घटनाको परिचालन समितिले घोर भत्र्सनासमेत गरेको छ । कार्यालययमा राखिएको नगद ८० हजार रुपैयाँ हराएकोसमेत दावी गरिएको छ । निर्वाचन परिचालन समितिले लुटिएका सामाग्रीसहित नगद फिर्ता गर्न माग गरेको छ ।
निर्वाचन परिचालन समितिले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली काँग्रेसका कार्यवहाक सभापति रुद्र रोक्का, माओवादी केन्द्रका वडा सचिव ज्ञानेन्द्र सम्बाहाम्फे र जनता समाजवादी पार्टीका कार्यावहाक अध्यक्ष अमर लिम्बुले हस्ताक्षर गरेका छन् ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

