मेचीनगर अपडेट : मेयरमा काँग्रेस उपमेयरमा एमालेको अग्रता
मेचीनगर । मेचीनगरमा अघि १ः३० बाट सुरु गरिएको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक ८० मत गन्दा काँग्रेसका मेयरका उम्मेद्वार इन्द्र बुढाथोकीले ३२ मत ल्याएका छन् ।
मेयरमा एमालेका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले ३१, उपमेयरका उम्मेद्वार मीना उप्रेतीले २९, माओवादी केन्द्रका उपमेयरका उम्मेद्वार प्रकाश भण्डारीले २२ मत ल्याएका छन् ।
राप्रपाको मेयरमा उम्मेद्वार रहेका रमेश दाहालले ८ उपमेयरकी उम्मेद्वार सविना बजगाईंले १६ मत ल्याएकी छिन् ।
अहिले मेचीनगर १ को कृष्ण निमावि गाडागल्डी मतदान केन्द्रको मतपेटिकाको सिल खोलेर मतगणना भइरहेको छ । मेचीनगर वडा नं १ मा ३५ सय मत खसेको थियो ।

मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

