बाह्रदशीमा एमालेले फर्काउँदैछ गुमेको विरासत
बिर्तामोड । शिक्षासेवी देवेन्द्र चम्लागाईको उम्मेद्वारीले बाह्रदशीका मतदाताको अनुहारमा खुशी देखिएको छ । नेकपा एमालेले बाह्रदशी गाउँपालिका अध्यक्षमा चम्लागाईलाई उम्मेद्वार बनाएपछि स्थानीय मतदाता उत्साहित भएका छन् ।
एमालेले अध्यक्षमा चम्लागाईलाई र उपाध्यक्षमा शान्ता खरेललाई उम्मेद्वार बनाएको छ । अध्यक्ष, उपाध्यक्षसहित वडाध्यक्ष र सदस्य पद्का उम्मेद्वारहरु मनोनयन दर्तापछि घरदैलो गरिरहेका छन् । घरदैलोमा उम्मेद्वारहरुले अपेक्षाभन्दा धेरै माया पाएको बताएका छन् ।
एमालेका उम्मेद्वारहरुले हालसम्म वडा नं. २ र ३ नम्बरमा मतदाता भेट गरिसकेका छन् भने आइतवार वडा नं. ५ पनि शुरु गरिएको छ । राजगढ बजार, राधा नगर घुमिसकेको एमाले आइतवार ओली गाउँमा केन्द्रीत भएर चुनावी प्रचार गरिरहेको छ । चुनावी घरदैलोमा अध्यक्ष पदका उम्मेद्वार चम्लागाई र उपाध्यक्ष पदका उम्मेद्वार खरेलसहित वडा नं. ३ का वडाध्यक्षका उम्मेद्वार सुरेन्द्र राजवंशी र वडा नं. ५ का वडाध्यक्ष पदका उम्मेद्वार जीवन खरेल र सदस्यहरु मतदाताको घरघर पुग्दै सुर्यमा मतदान गर्न आव्हान गरिरहेका छन् ।

??????
नेकपा एमाले बाह्रदशीको चुनावी घरदैलो अभियानमा स्थानीय मतदाताले यस पटक एमालेलाई निर्वाचित गर्न सहयोग गर्ने प्रतिक्रिया दिइरहेका छन् । मतदाताले यस पटक नयाँ नेतृत्व सबैको चहाना भएको भन्दै शिक्षासेवीलाई मतदान गरेर विजयी गराउने बताइरहेका छन् ।
अधिकांश मतदाताहरुले चम्लागाईको बाह्रदशीमा नामै काफी भएको बताउँदै आशिर्वाद दिइरहेका छन् । बाह्रदशीमा विकास, संमृद्धिका लागि उनको आवश्यकता भएको अधिकांशको भनाई छ ।
मतदाता भेट गर्दै अध्यक्ष, उपाध्यक्षले विकास, संमृद्धिका लागि बाह्रदशीमा एमालेको नेतृत्व आवश्यक भएको बताइरहेका छन् ।
बाह्रदशीमा यसअघिको निर्वाचनमा नेपाली कांग्रेसले अध्यक्ष, उपाध्यक्ष जितेको थियो । एमालेले अध्यक्ष,उपाध्यक्ष बाहेक वडा नं. १,२,३, ५ र ६ सहित बहुमत जीत हासिल गरेको थियो । एमालेबाट अध्यक्षका उम्मेद्वार बनेका चम्लागाईले बाह्रशीमा गुमेको विरासत फर्काउने रणनीति रहेको बताएका छन् ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

