मेचीनगरमा आज : मेयरमा ४, उपमेयरमा ३ जनाको उम्मेद्वारी
मेचीनगर । आसन्न स्थानीय तह निर्वाचनका लागि मेचीनगरमा पहिलो दिन प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा ६६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पाँच दल र स्वतन्त्रका गरी ६६ जना उम्मेद्वारहरुले मनोनयन पत्र दर्ता गराएका छन् ।
निर्वाचन अधिकृत वेदराज फुयालले मेचीनगर नगरपालिकाको प्रमुखमा ४ जना, उपप्रमुखमा ३ जना, वडाध्यक्षमा २३ जना, महिला सदस्यमा १० जना, दलित महिला ४ जना, वडा सदस्य २२ जनाले उम्मेद्वारी मनोनयन पत्र दर्ता गराएको बताए ।

मंगोल नेशनल अग्रनाईजेशन पार्टीले प्रमुखमा किशोर धिमाल र उपप्रमुखमा सिखा लिम्बु, नेकपा मालेबाट प्रमुखमा भरोसादास पौडेल, मौलिक जरोकिलो पार्टीबाट प्रमुखमा हिरा बाँस्तोला र उपप्रमुखमा सीता दुलाल र लोकतान्त्रीक समाजवादी पार्टीबाट प्रमुखमा लवनशिल धिमाल र उपप्रमुखमा अनिता मुर्मुले उम्मेद्वारी दर्ता गराएको फुयालले जानकारी दिए ।
संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट १ जनाले वडाध्यक्षमा उम्मेद्वारी दिएका छन् भने स्वतन्त्रबाट ३ जनाले वडाध्यक्षमा उम्मेद्वारी दिएको फुयालले बताए ।
आइतबार नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा र अन्य केहि दलले उम्मेद्वारी मनोनयन दर्ता गराएका छैनन् । सोमबार उम्मेद्वारको मनोनयन दर्ता अन्तिम हो । उनीहरुले सोमबार मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

