स्थानीय निर्वाचनमा उठ्न प्रदेश १ का दुई सांसदले दिए राजीनामा
स्थानीय निर्वाचनमा उठ्न प्रदेश १ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सांसद काजिमान कागते र गोपाल चन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् ।
कागते इलाम क्षेत्र नम्बर १ ख र बुढाथोकी झापा १ को ख बाट निर्वाचित भएका थिए । नेकपा एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको पराजुलीले बताए ।
स्थानीय तह निर्वाचनमा कागते इलामको सूर्याेदय नगरपालिका र बुढाथोकी मेचिनगर नगरपालिकामा उठ्नको लागि प्रदेश सासंदबाट राजीनामा दिएका हुन् ।
नेकपा एमालेले बुढाथोकीलाई मेचीनगर नगरपालिकाको मेयरमा नाम टुङ्गो लगाएको छ ।
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...


