बन्ने भो काँकरभिट्टाको कालीखोलामा डुंगा शयर सुविधासहितको पर्यटकीय स्थल

मेचीनगर । काँकरभिट्टाको कालीखोलामा डुंगा शयर सुविधासहितको पर्यटकीय क्षेत्र बनाउन जनस्तरबाट पहल सुरु गरिएको छ ।
मेचीनगर वडा नं. ६ को काँकरभिट्टा बजार पश्चिम र राजमार्गको पुल उत्तरको खोलामय जग्गामा पर्यटकीय स्थल विकास गर्ने दीर्घकालीन योजनाका साथ स्थानीयबासीले पातालगंगा कालीखोला धार्मिक तथा पर्यटन केन्द्र स्थापना गरेका छन् । जनता समाजबादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङको नेतृत्वमा केन्द्रको तदर्थ समिति गठन भएको सोमवार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
समितिमा सवै दल र सामाजिक अगुवाहरुको प्रतिनिधित्व रहेको संस्थाका सचिव शंकर भट्टराईले बताए ।
पूर्वीद्वार काँकरभिट्टामा रहेका सबै पर्यटकीय स्थललाई जोड्ने गरी पर्यटकीय रुट निर्माण गरिने र कालीखोला करिडरमा पैदल तथा साइकल लेन समेत बनाउने योजना रहेको संस्थाका अध्यक्ष खापुङले बताए । खापुङले कालीखोलाको पर्यटकीय स्थल बनाइने जग्गा व्यक्तिहरुको निजी स्वामित्वमा रहेको र त्यसलाई नेपाल सरकारले बाँध निर्माण गर्दा अधिग्रहण गरेको हुँदा त्यसको मुआब्जा जग्गाधनीले प्राप्त गरेपछि मात्र भौतिक संरचना निर्माणको काम अघि बढाइने समेत जानकारी दिए ।
सो स्थानमा धार्मिक रुपले अति महत्वपूर्ण पातालगंगा मन्दिर रहेको समेत जानकारी दिइएको छ । त्यहाँ मन्दिर बनाउने समेत केन्द्रको योजना छ ।
संस्थालाई आधिकारिता दिनका लागि जिल्ला प्रशासन कार्यालय झापामा दर्ताको प्रक्रिया अघि बढाइसकिएको र आजीवन सदस्य वितरण थालिएको सचिव भट्टराईले बताएका छन् ।
पर्यटन प्रबर्धनको अभियान सञ्चालन गरिने, खोलामा सरसफाइ गरिने, हरियाली विकास गरिने, पूर्वी नाकाबाट प्रवेश गर्ने पर्यटकलाई घुम्न आउन योग्य बनाइने लगायतका योजना संस्थाले अघि सारेको जानकारी दिइएको छ ।

बिर्तामोड । बत्तिस सालदेखि पत्रकारिता सुरु गरेका झापाका अग्रज...

मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको ऐतिहासिक...

मेचीनगर । राष्ट्रिय फोटो पत्रकार समूह झापा जिल्ला शाखा...

झापा, ९ साउन । धुलाबारी क्याम्पसको प्रमुखमा इन्जिनियर रुद्र...

मेचीनगर । १० वर्षे निरन्तर यात्रापछि खबरमञ्च साप्ताहिकले...