चारआली जेसिजले देखायो ‘फर्मूला’
चारआली । लागु औषध दुर्वसनी विरुद्धको कचहरी नाटक ‘फर्मूला’ मेचीनगर नगरपालिका वडा नं. १३ का विभिन्न स्थानमा प्रस्तुत गरिएको छ । चारआली जेसिज र सामुदायिक प्रहरी साझेदारी वडा समिति वडा नं.१३ को संयुक्त आयोजना तथा मेचीनगर नगरपालिका वडा नं. १३ को संयोजनमा भएको नाटकमा बदलिदो समय अनि अभिभावकको बढ्दो ब्यस्तताले आफ्ना सन्तानहरु कसरी कुलतमा सरिक हुन्छन् भन्ने यथार्थ समाजिक चित्रण गरिएकोे थियो ।

परिवर्तन थिएटर काँकरभिट्टाका कलाकारहरुले प्रस्तुत गरेको नाटक मेचीनगर नगरपालिका वडा नं.१३ को आइतवारे हटिया, चारआली चोक, मिलन टोल, उत्तरगंगा टोलमा प्रस्तुत गरिएको हो ।

चारआली जेसिजका अध्यक्ष विरु बेघाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं.१३ का वडाध्यक्ष कृष्णराज सिग्देल रहेका थिए ।

चारआली जेसिजका उपाध्यक्ष नेत्रप्रसाद मिश्रले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन सह कोषाध्यक्ष सन्देश न्यौपानेले गरेका थिए ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
