इलामको अन्तुमा रहेको चिया कारखानामा आगलागी, नियन्त्रणमा आउन सकेन
इलाम । इलामको सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको एक चिया कारखानामा आगलागी भएको छ । आइतबार (आज) दिउँसोे ३ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
अन्तुकोे अन्तु भ्याली टी कारखानामा जारी आगलागीका कारण कारखानासहित मेसिन औजार र तयारी चिया सबै जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
आगोले चिया कारखानाको तीन वटा भवनसहित सम्पूर्ण मेसिन औजार, कारखानामा रहेका सबै तयारी चिया जलेर नष्ट भएको पशुपतिनगरका प्रहरी निरीक्षक इन्सपेक्टर देउप्रसाद लिम्बूले जानकारी दिए ।
अहिले सूर्योदय नगरपालिकाका दुईवटा बारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागीबाट करोडौको क्षति भएको सञ्चालक किसन गिरीले जनाए ।
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...

