युवा संघ मेचीनगरमा समानान्तर कमिटी !

मेचीनगर । एमाले निकट राष्ट्रिय युवा संघ नेपालको मेचीनगर कमिटी घोषणासँगै विवाद सुरु भएको छ । आइतवार सामाजिक सञ्जाल फेसबुकमार्फत दुईवटा अलग–अलग कमिटी सार्वजनिक गरिएको छ ।
युवा संघ मेचीनगरको गत कात्तिकमा नगर अधिवेशन भएको थियो । अधिवेशनले नयाँ कमिटी बनाउन निर्वाचन कमिटी बनाएर काम अघि बढाएको थियो । निर्वाचन कमिटीमा एमाले नेता देवकुमार राईको संयोजक थिए । उनको नेतृत्वमा रहेको निर्वाचन कमिटीले मेचीनगर अध्यक्षमा मानबहादुर तामाङ, उपाध्यक्षमा कृष्ण श्रेष्ठ, सचिवमा श्याम सिवाकोटी, उपसचिव विवेक खवास, कोषाध्यक्ष न्युटन कार्की रहेको युवा संघ कमिटी घोषणा गरेको छ ।
तर, उक्त कमिटी घोषणाप्रति युवा संघका केही नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । निर्वाचन गरेर कमिटी बनाउन आग्रह गर्दा पनि निर्वाचन कमिटीले आफूखुशी नाम घोषणा गरेको युवा संघका नेता राजु धिमालले बताए ।
असन्तुष्टि चुलिएसँगै अर्को पक्षबाट युवा संघ नेपाल मेचीनगर कमिटीको अध्यक्षमा कृष्ण श्रेष्ठ रहेको सार्वजनिक गरिएको छ । कमिटीको उपाध्यक्षमा रतन लिम्बू, सचिव तिलक श्रेष्ठ, उपसचिव सरोज खड्का र कोषाध्यक्ष बिनिता मोक्तान रहेको कमिटी फेसबुकमार्फत घोषणा गरिएको छ ।

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा...