शिक्षा सहकारीको धुलाबारीमा प्रतिनिधि छनौट

धुलाबारी । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले सोमबार सदस्य सेवा केन्द्र धुलाबारी अन्तर्गत नवौं वार्षिक साधारण सभाका लागि प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको नवौँ वार्षिक साधारण सभा मंसिर २४ गते बिर्तामोडमा हुँदैछ ।
संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षता तथा मेचीनगर वडा नं. ९ का वडाध्यक्ष गोपाल खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष न्यौपानेले संस्थाको वार्षिक प्रतिवेदन सार्वजनिक गरे ।
प्रस्तुत प्रतिवेदनमा शिक्षा बहुउद्देश्यीय सहकारीको शेयर सदस्य संख्या ३ हजार ८०८ रहेको उल्लेख छ । कोरोना संक्रमणका बाबजुद पनि गत आर्थिक वर्षमा संस्थामा ११ सय भन्दा बढी नयाँ सदस्य थपिएको उल्लेख छ ।
पाँचवटा सेवा केन्द्र रहेको उक्त संस्थाको शेयर पुँजी २ करोड ६९ लाख ९८ हजार ७०० सय रहेको छ । चालु आर्थिक वर्षमा शतप्रतिशत वृद्धि गरेर शेयर पुँजी ५ करोड ३९ लाख ९७ हजार ४०० सय पुर्याउने लक्ष्य राखिएको छ ।
२ करोड ८३ लाख ९ हजार २६९ रुपैयाँ आम्दानी रहेको सो संस्थाको शेयर लगानी ३३ लाख १८ हजार ७०० रहेको छ । संस्थाले १४ करोड ५० लाख ८३ हजार ६०७ रुपैयाँ बचत संकलन गरेको छ ।
शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेर संस्थाले कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । आफ्ना सदस्य हितका लागि सहुलियतमा ऋण लगानी तथा अन्य सहायता प्रदान गरिरहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाका सचिव दीपेश द्यौरालीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सञ्चालक समिति सदस्य चिजा राई गरेकी थिइन् ।

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा...