देही आर्टको आयोजनामा तीन दिने चित्रकला प्रर्दशनी हुने
काँकरभिट्टा । देही आर्ट ग्यालरी झापाले द इम्प्रेसन्स ७– महापरिनिर्वाण शीर्षकमा कला प्रदर्शनी गर्ने भएको छ । मंसिर १६, १७ र १८ मा इलामको प्रसिद्ध पर्यटकीय गन्तव्य कन्याममा द इम्प्रेसन्स ७– महापरिनिर्वाण शीर्षकमा कला प्रदर्शनी गर्ने भएको हो । तीन दिन सम्म चल्ने कला प्र कला प्रदर्शनीमा गौतम बुद्धको दर्शनमा आधारित चित्रकलाहरु प्रदर्शनीमा राखिने देही आर्ट ग्यालरीका संस्थापक छेतेन शेर्पाले जनाए ।
‘बुद्धको विशाल आकारको क्यानभास साथै अन्य २० वटा भिन्न– भिन्न चित्रहरु प्रदर्शित गरिने छ’, शेर्पाले मंगलवार आयोजित पत्रकार भेटघाटमा भने । विगत आठ वर्षदेखि प्रदेश १ मा विभिन्न कलात्मक, पर्यटन प्रवद्र्धन एवम् संस्कृति संरक्षण माथि गतिविधि गर्दै आइरहेको देही आर्ट ग्यालरीले यो वर्ष भिन्न रुपमा कला प्रर्दशनीगर्न लागेको शेर्पाले जनाए ।

छेतेन शेर्पा, तुलसी श्रेष्ठ, विष्णु लिम्बु, बिनोद राजवंशी, सविन सुनुवार, रोशन सुब्बा, रिना राई, मौलिक लिम्बु, सुशील राई तथा अभिषेक प्रधानले बनाएका चित्रहरुका साथै, थप अन्य देही आर्टका विद्यार्थीहरुको २० वटा चित्रहरु प्रदर्शित हुनेछन् । शेर्पाले ‘भन्ते र भिक्खा’ शिर्षकमा पर्फमेन्स आर्ट गर्ने छन् जो तीन दिनको कार्यक्रम अवधिभर रहनेछ । उक्त प्रदर्शनीको क्यूरेटर पनि कलाकार शेर्पाले गर्नेछन् ।
सोही दिन बेलुकी सााझ ‘संग्स अफ फिलोसफी’ नामक अनप्लग्ड सांगीतिक कार्यक्रम पनि हुने छ । साथै प्रदेश १ का कलाकारहरुले कार्यशाला गरी जलरंग चित्र श्रृजना गर्नेछन् । ३ दिने प्रदर्शनीलाई पााच हजार बढीले दर्शकहरु अवलोकन गर्ने अनुमान छ । कला कार्यशाला पनि गरिनेछ ।
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...


