जनप्रिय सकोसको साधारणसभा सम्पन्न, अध्यक्षमा नेपाल
धुलाबारी । मेचीनगर –१० स्थित जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पशुपति नेपाल सर्वसम्मत चयन भएका छन् ।
सोमबार मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित संस्थाको १२ औँ वार्षिक साधारण सभाबाट नेपाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुँन् ।
समितिको उपाध्यक्षमा सुभाष गुुरुङ,सचिवमा गंगाराम मगर चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा शोभा घिमिरे , खड्गमाया गौतम, दीपक निरौला, तारा थापा, कात्तिकलाल राजवंशी , र लोकबहादुर मगर चयन भएका छन् ।
साधारण सभाले डिल्लीराम खनालको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत गठन गरेको छ । लेखा समितिको सदस्यहरुमा वसन्ती कुमारी लिम्बू र श्याम प्रसाद न्यौपाने रहेका छन् ।

सहकारी संस्थाका अध्यक्ष विष्णुकुमार लिम्बूको सभापतित्व तथा बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र प्रसाद ओलीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि ओलीले सहकारीको सूचाङक राम्रो रहेको र छोटो समयमै जनप्रिय सहकारीले छलाङ मारेको बताए । उनले १२ वर्षको समयमै सहकारीले ८३ लाख १९ हजार बढी जगेडाकोष पुर्याएर मजबुत सहकारीको रुपमा जनप्रियले आफूलाई उभ्याएको बताए । प्रमुख अतिथि ओलीले जनप्रियले नाम अनुसारको काम गर्न सकोस भन्दै शुभकामना समेत व्यक्त गरे ।
सो अवसरमा सहकारी संस्थाका संस्थापक अध्यक्ष चन्द्र भट्टराई, पूर्वीद्वार सहकारी संस्थाका उपाध्यक्ष जीत बहादुर खड्का, राष्ट्रिय सहकारी बैंक धुलाबारीकी कार्यालय प्रमुख मुना घिमिरे लगायतले पछिल्लो समय सहकारीले सदस्यहरुको जीवन स्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष विष्णुकुमार लिम्बूले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरे । सहकारीको शेयर पुँजी १ करोड १३ लाख, जगेडा कोष ८३ लाख १९ हजार २३५ र निक्षेप ३ करोड, ७५ लाख २५ हजार ४८१ रुपैँया ४५ पैसा रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । सहकारी संस्थालाई थप मजबुत बनाउन आगामी बिभिन्न कार्यक्रम समेत अध्यक्ष लिम्बूले प्रतिवेदनमा उल्लेख गरेका छन् । सहकारी संस्थाका व्यवस्थापक सुन्दर बहादुर मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुभाष गुरुङले गरेका थिए ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
