मेचीनगरमा माओवादीले छान्यो वडा नेता

मेचीनगर । नेकपा माओवादी केन्द्रले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ । मेचीनगरमा पनि वडा अधिवेशन सम्पन्न गरिएको माओवादी केन्द्रले जनाएको छ ।
मेचीनगरका पाँचवटा वडामा शनिवार एकसाथ अधिवेशन सम्पन्न गरिएको छ । जस अनुसार वडा नं। ७, १०, ११, १२ र १५ मा अधिवेशन गरिएको हो । बाँकी वडाको पनि छिट्टै अधिवेशन सम्पन्न गरिने जनाइएको छ ।
नेकपा माओवादी केन्द्र मेचीनगरका अनुसार वडा नं। १० को अध्यक्षमा सरोज शिवाकोटी, उपाध्यक्षमा खड्ग निरौला, सचिवमा शिवशंकर साह, सहसचिवमा रमा सेलवाल र कोषाध्यक्षमा ज्ञानु गोले चयन भएका छन् । वडा कमिटी २९ सदस्यीय रहेको छ ।
यता, वडा नं. ७ को अध्यक्षमा रामप्रसाद खतिवडा, ११ को अध्यक्षमा रामकुमार रिजाल, १२ को अध्यक्षमा पदम सुनुवार र १५ को अध्यक्षमा जीवन सापकोटा चयन भएका छन् ।
मेचीनगरका वडामा भएको अधिवेशनमा पार्टीका नगर संयोजक पुष्प गुरागाईंको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टीका नेताहरु माधव अर्याल, वाइसीयलका मेचीनगर संयोजक विनोद मण्डल, अखिल नेपाल टे«ड युनियन महासंघ मेचीनगरका अध्यक्ष हरि निरौला, प्रेस सेन्टर झापा सदस्य दिलीप थापा लगायतको आतिथ्यता रहेको थियो ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...