काँग्रेस मेचीनगर सभापतिमा सुदय पनेरु निर्वाचित

- मेचीनगर । नेपाली काँग्रेस मेचीनगर सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन् ।
निर्वाचन समितिले दिएको अन्तिम मतपरिणाम अपडेट अनुसार पनेरुले २४८ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नवीन बरालले २३३ मत प्राप्त गरे ।
उपसभापतिमा योगेन थापामगर र धनकाजी खत्री विजयी भएका छन् । मगरले ३८० मत प्राप्त गरेका छन् भने खत्रीले ३४३ मत प्राप्त गरेका छन् ।
उपसभापतिका अन्य उम्मेद्वारहरु सन्दिप ओलीले १२६ मत तथा राजु अधिकारीले ५७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सचिवमा मनोज घिमिरे र मुुकेश लिम्बू निर्वाचित भएका छन् । घिमिरे ३२७ मत तथा लिम्बूले २६८ मत प्राप्त गरेका छन् । सचिवका अन्य उम्मेद्वारमा अशोक राईले १५७ तथा लक्ष्मी काफ्लेले १२५ मत प्राप्त गरेका छन् ।
सहसचिवतर्फ टिकाराम धमला र बिजय भट्टराई विजयी भएका छन् । धमलाले २९६ मत तथा भट्टराईले २१३ मत प्राप्त गरेका छन् ।
सहसचिवकै उम्मेद्वार लोकेन्द्र थपलियाले १७१ मत, चन्दन गौतमले १६८ मत तथा नवीन खतिवडाले १३५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । मेचीनगरमा काँग्रेस नगर समितिका कुल ४९९ मतदाता मध्ये ४९३ मत खसेको थियो ।

काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...