झपाको मेचीनगरमा नन्दा फुड इन्टस्ट्रिज सञ्चालनमा

झापा । मेचीनगर नगरपालिका–१० मा स्थानीय श्रम र सीपको प्रयोग गरेर उत्पादन गर्ने उद्देश्यले रु। तीन करोडको लगानीमा नन्दा फुड इन्टस्ट्रिज सञ्चालनमा आएको छ ।
स्थानीय व्यवसायी अजय घिमिरे र भूमि पौडेलेको संयुक्त लगानीमा सुरु भएको इन्टस्ट्रिजले दैनिक एक हजार केजी स्वाविन (न्यूटेला) उत्पादन गर्दै आएको छ ।
भारतको दिल्ली, राजस्थान र चाइनाबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरिएको न्यूटेला २०० ग्रामदेखि पाँच केजीसम्मको प्याकेजिङ गरेर बजारमा पठाइरहेको सञ्चालक घिमिरेले बताए । तरकारी र अचारको रुपमा प्रयोग गरिने न्यूटेला बच्चादेखि बृद्धबद्धासम्मले मन पराउँछन् ।
इन्टस्ट्रिजमा हाल स्थानीय १२ जनाले रोजगारी पाएका छन् । “स्थानीयलाई रोजगारी पनि मिल्ने र उनीहरुकै श्रम सीपको प्रयोग गरेर उत्पादन गर्न सकिने हुँदा हामीले तत्काल न्यूटेला उत्पादन सुरु गरेका छौैं”, सञ्चालक घिमिरेले भने“निकट भविष्यमा नन्दा कन्फ्लाक्स र चोकोपनको समेत उत्पादन गर्छौं ।”
इन्टस्ट्रिजले हाल नन्दा सूजीको समेत प्याकेजिङ गर्दै आएको छ । दैनिक दुई हजार केजी न्यूटेला उत्पादन गर्ने क्षमता रहेको उद्योगले हाल नमूना परीक्षणका लागि एक हजार केजी मात्र उत्पादन गर्दै आएको बताउनुभयो । उहाँले यहाँ उत्पादित न्यूटेला स्थानीय बजारमै खपत भइरहेको बताए ।
एक महिना अघि सञ्चालनमा आएको इन्टस्ट्रिजबाट उत्पादित न्यूटेला दशंै तिहार पछाडिदेखि पहाडी जिल्ला इलाम, ताप्लेजुङ र पाँचथरमा समेत पठाउने तयारी गरिरहेको उनले बताए । (रासस)

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा...