सशस्त्र प्रहरीको गणमै पुग्यो एटीएम सेवा
भद्रपुर । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित २ नं. गणमा मेगा बैंकले एटीएम सुविधा पुर्याएको छ ।
गणको मूलढोका बाहिर सुरु भएको एटीएम सेवाको आज एक समारोहबीच सशस्त्र प्रहरी बल २ नं। हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले उद्घाटन गरे ।

सो अवसरमा बैंकका प्रदेश नं. १ का मेनेजर विवेक न्यौपाने लगायतको उपस्थिति थियो । कोरोना महामारीका बेला बैंकबाट नगद झिक्न सजिलो होस् भनेर मेगा बैंकले एटीएम राखिदिएको पाण्डेले बताएका छन् ।
गणमा आवद्ध ६०० भन्दा बढीले बैंकमा खाता खोल्ने र एटीएम लगायतको सुविधा उपयोग गर्ने आशा गरिएको बैंकका प्रादेशिक मेनेजर न्यौपानेले बताए ।

धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी...


