पुरातत्व विभागद्वारा पातलगंगा घैलाडुब्बा मन्दिरको अवलोकन
मेचीनगर । पुरातत्व विभागले बिहीवार (आज) मेचीनगर–५ र ८ मा अबस्थित पातलगंगा तथा घैलाडुब्बा मन्दिर परिसरको अवलोकन गरेको छ । मेचीनगरका जनप्रतिनिधि स्थानियबासीसहितको उपस्थितिमा पुरातत्व विभागले पातलगंगा घैलाडुब्बा मन्दिरको अबलोकन गरेको हो ।
धार्मिक तथा ऐतिहासिक इतिहास बोकेको पातलगंगा तथा घैलाडुब्बा मन्दिरको संरक्षणका लागि पुरातत्व विभागले अवलोकन गरेको हो । पुरातत्व विभागका उपसचिब संदिप खनालको नेतृत्वको टोलीले पातलगंगा तथा घौलाडुव्वा मन्दिरको अवलोकन गरेको छ । टोलीमा लक्ष्मण लम्साल, नबिन शर्मा र सुरेश पौडेलको सहभागीता थियो । मेचीनगर प्रमुख बिमल आचार्य र उपप्रमुख मीना उप्रेतीको पहलमा विभागका उपसचिब खनाल नेतृत्वको टोली पातलगंगा तथा घैलाडुब्बा मन्दिरको अवलोकन गर्न आजै मेचीनगर आएको थियो ।

पुरातत्व विभागले देशभर एक सयवर्ष पुगेका सबै सम्पदाको संरक्षण गर्ने अभियान सञ्चालन गरेको उपसचिब खनालले बताए । अबलोकनका क्रममा पातलगंगा तथा घैलाडुब्बा मन्दिर पुरातत्व विभागले सञ्चालन गरेको अभियानमा समाबेश गर्ने आधारहरु देखिएको बताए । उनले पातलगंगा तथा घौलाडुव्वा मन्दिरलाई सय बर्ष पुरानो ऐतिहासिक सम्पदाभित्र समाबेश गर्न आफ्नो सक्दो योगदान रहने बताए । प्रमाणका आधारमा यो सम्पदा एक सय बर्ष पुरानो सूचिमा समाबेश भए पुरातात्विक शैलीमा संरचना निर्माण गर्नका पुरातत्व विभागले सहयोग गर्ने उनले बताए ।

अबलोकन कार्याक्रमा नगर प्रमुख बिमल आचार्य, उपप्रमुख मीना उप्रेती, कार्यपालिका सदस्य टीकाराम मंग्राती मेचीनगर–५ का बडाध्यक्ष योगेन थापा, मेचीनगर–८ बडाध्यक्ष बिकेन्द्र धिमाल, पातलगंगा तथा घैलाडुब्बा मन्दिर व्यवस्थापन समितिका पदाधिकारी स्थानियबासीको सहभागीता थियो ।
धार्मिक इतिहास अनुसार अर्जुनले गौचरणमा जाँदा प्यास मेटाउन पानी खान मन लागेपछि धनुषले जमीनमा हानी पातालबाट पानी निकाली आफ्नो प्यास मेटाएको भन्ने किंवदन्ती रहिआएको छ । जहाँ अहिले पनि बाह्रैमास पानी निस्किरहन्छ । धार्मिक आस्थाका कारण अहिले पनि कुनै दुःख/बिराम हँदा यस मन्दिरमा पूजा आराधना गरेर जल अर्पण गरे निको हुने विश्वासका साथ मानिसहरु आउने गर्दछन् । महाशिवरात्रीको अवसरमा त्यहाँ मेला लाग्ने गरेको छ । पातालगंगा तथा शिवालय मन्दिरसँगै रहेको टोकला बगानको हरियालीले यस क्षेत्रलाई सुन्दरता थपेको छ ।

ऐतिहासिक तथा धार्मिक इतिहास बोकेको यो क्षेत्रको उचित संरक्षण हुन सकेको छैन् । पुरानो इतिहास बोकेको यो क्षेत्रको नजर पुरातत्व विभागमा परेको छ । पुरातत्व विभागबाट अबलोकन टोलीले केही समयमानै प्रतिवेदन तयार पारी यो क्षेत्रको बिकासमा चासो देखाउने छ भन्नेमा स्थानिय बिश्वस्त छन् ।
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...


