खबरमञ्च साप्ताहिक : झापा जिल्लामा स्थापित पत्रिका
अहिले थुप्रै अनलाइन, पत्रपत्रिका, रेडियो र टेलिभिजनलगायतका विविध सञ्चार माध्यमबीच सूचना दिने चर्को होडबाजी छ । यही चर्को होडबाजीकै बीच झापाको मेचिनगर नगरपालिकाबाट संचालित खबरमंच साप्ताहिकले आफ्नो पाँचौ बर्ष पूरा गरेर छैठौं बर्ष पुगेको सुन्न पाउँदा एकदमै खुसी लागेको छ ।
खबरमन्चले पछिल्लो समयमा स्थानीय स्तरदेखि लिएर प्रदेशको विकास निर्माण शिक्षा संस्कृती र पर्यटनका साथै यहाँका समुदायको जिवनशैली लाई विश्वस्तर सम्म पुर्याउँदै सञ्चालनमा आएको देखिन्छ ।यसै कारणपनि अहिले झापा जिल्लामा लोकप्रिय पत्रीकाको रुपमा स्थापित हुँदै आएको छ।
नेपाली पत्रकारिताको इतिहास लामो छ । तर पत्रकारिताको इतिहास लामो भएता पनि प्रतिस्पर्धात्मक र व्यावसायिक बन्न थालेको धेरै लामो भएको छैन । धेरै स्थापित मिडिया र नयाँ खुल्ने डिजिटल मिडियाको भीडमै जन्मिएको खबरमन्च साप्ताहिकका लागि यो समय निश्चय पनि चुनौतीपूर्ण छ।

डिजिटल मिडियाको व्यापक विकास र विस्तार भइरहेको यो समयमा पाठकका लागि विभिन्न विकल्प उपलब्ध छन्। त्यसैले पत्रकारितालाई अझ विशिष्टीकरणतर्फ अगाडि बढाउन खबरमन्च टिम लागि परोस् । ताकि मिडियाको भीडबाट पाठकले अझ उत्कृष्ट, निष्पक्ष र रोचक सामग्री प्राप्त गर्न सकून्।
अन्त्यमा, निरन्तर प्रकाशनमा रहेको खबरमन्च साप्ताहिक आगामी दिनमा पनि निरन्तरता पाओस् । अझ बढी सान्दर्भिक र जनचासोका विषयवस्तु पस्किने प्रयास गरोस् । बधाई तथा शुभकामना
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
