‘नगरले गरेका राम्रा काम पत्रकारले लेख्दैनन्’’
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले नगरले गरेका राम्रा काम पत्रकारले नलेखेकोमा दुःख व्यक्त गरेका छन् । ‘नगरले गरेका धेरै राम्रा काम पनि छन् तर पत्रकार लेख्दैनन् ।’ ‘नगरले धेरै राम्रा काम पनि गरेको छ’ नगरपालिकाले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख आचार्यले भने, ‘तर समाचारमा नराम्रो कुरा मात्रै आउँछ ।’
एक बर्षभन्दा बढी समयदेखि कोरोना नियन्त्रणका लागि नगरपालिकाले गरेका कामको मिडियामा चर्चा नभएको नगरप्रमुख आचार्यले गुनासो गरे । ‘हामीले कोरोना नियन्त्रणका लागि देशमै पहिलो पटक क्वारेन्टाइन सञ्चालन गर्यौं’ नगरप्रमुखले भने, ‘अन्य पालिकाले दुई चार दिन अघि सञ्चालन गरेको आइसोलेशनको निक्कै चर्चा भयो तर हामीले आइसोलेशन चलाएको पनि एक बर्ष पुग्यो ।’
कोरोनाको दोस्रो लहर शुरु भए देखि नै मेचीनगर नगरपालिकाले प्रत्येक संक्रमितको घर घरमा स्वास्थ्यकर्मी मार्फत परामर्श र औषधी बितरण गरेको कुराले प्राथमिकता नै नपाएको नगरप्रमुख आचार्यले गुनासो गरे ।
पत्रकार सम्मेलनकै क्रममा नगरको नदिजन्य पदार्थ उत्खनन र राजश्व हिनामिनाको बिषयमा थप अनुसन्धानका लागि अख्तियार अनुसन्धान आयोगको इटहरी शाखालाई पत्राचार गरी अनुरोध गरिएको समेत नगरप्रमुख आचार्यले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै नगरउपप्रमुख मिना उप्रेतीले नदिजन्य पदार्थको उत्खननका क्रममा भएको कमी कमजोरीको आफुले नैतिक जिम्मेवारी लिने बताइन् । ‘अनुगमन समितिको संयोजकको हैसियतले नदिजन्य पदार्थको बिषयमा भएको कमजोरीको नैतिक जिम्मा लिन्छु ।’ उपप्रमुख उप्रेतीले भनिन्, ‘अब यस्तो गल्ती हुँदैन अनुगमन आफैं गर्छु ।’
आगामी आर्थिक बर्षको बजेट तयारीमा रहेकाले सबैको सहयोगले नगर बिकासमा लाग्ने पनि नगरप्रमुख र उप्रमुखले पत्रकार सम्मेलनमा बताए । नदिजन्य पदार्थ उत्खनन र बिक्रिबाट नगरलाई हुने आम्दानी बिगतको भन्दा बढी नै भएको र केही रकम उठ्न समेत बाँकी रहेको प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझाले बताए । पत्रकारसम्मेलनमा वडा नं। ११ का अध्यक्ष तथा नदिजन्य पदार्थ छानविन उपसमितिका संयोजक सन्तोस मेचे र नगरका कानूनी सल्लाहाकार पदम डाँगीको समेत उपस्थिति रहेको थियो ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
