संक्रमितको घर-घरमा हल्दिबारीका जनप्रतिनिधि र स्वास्थ्यकर्मी

झापा । झापाको हल्दिबारी गाउँपालिका एक नमुना गाउँपालिका हो। येस गाउँपालिका भित्र गाउँपालिका उपाध्यक्षको पहलमा विभिन्न शिर्षकमा बजेट लाउन सफल भइ थुप्रै योजनाहरु अगाडि बढी रहेका छन।
निषेधाज्ञा र कोरोना संक्रमण बिच पनि बिकास निर्माणको कार्य तिव्रगतिमा अगाडि बढी रहेको छ ।यश विष्यम परिस्थितिमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी संक्रमित हरु को घर आगान मा पुग्ने , फोन गरेर स्वास्थ्य अवस्था बुझ्ने जस्ता कार्य निरन्तर भइरहेका छन। कोरोना संक्रमितको घरघरमा औषधी र पोष्टिक आहार लिएर जनप्रतिनिधि र स्वास्थ्यकर्मी पुगेका छन।झापा को दक्षिणि भेगमा रहेको हल्दीबारी गाउँ मा कार्यपालिकाको जेठ-५ को निर्णय वमोजिम गाउँपालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमणसंग लडिरहेका व्यक्तिहरुलाई औषधि र पोषिलो खानेकुराको प्याकेज वितरण भइरहेको छ ।
कोरोना संक्रमित जनता को घर घर मा पुगेर जनप्रतिनिधि , स्वास्थ्यकर्मीहरु ले हौसला बढाउन लाई चना,किसमिस, हाडे बदाम, काजु, डावर च्यावनप्रास, छोकडा, बदाम , हनि र औषधि लिएर संक्रमितको घर पुगेको गाउँपालिका का प्रवक्ता सागर पोर्तेल ले जानकारी दिनु भएको छ । हल्दिबारीमा पिसिआर र एनटिजेन चेक अफ पनि निशुल्क भइ रहेको छ । कहिले घुम्ती कार्यक्रम आयोजना गरेर त कहिले स्वास्थ्य चौकि हरु मा स्वाव संकलन भइरहेको र स्वास्थ्यकर्मीहरु सक्रिय साथ उपचार हेरचाह मा लागेको स्वास्थशाखा प्रमुख पुष्कर निरौला ले बताउनु भएको छ ।
हल्दिबारी गाउँपालिका मा जम्मा २९ जना जनप्रतिनिधि निर्वाचित भएका हुन ।जसमा १८ जना नेकपा एमाले , ६ जना राप्रपा ,४ जना माओवादी र १ जना कांग्रेस बाट निर्वाचित भएका छन।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...