प्रेस क्लब मेचीनगरले पत्रकारहरूको स्वास्थ्य परिक्षण गरिदिने

मेचीनगर । प्रेस क्लब मेचीनगरले फ्रन्टलाइनमा रहेर सूचना सम्प्रेषणमा अहोरात्र खटिने पत्रकारहरूको स्वास्थ्य परिक्षण गरिदिने भएको छ ।
मनिषा मेडिकल हल काँकरभिट्टाको प्राविधिक सहयोगमा क्लबले बिहिवार निःशुल्क स्वास्थ्य जाँच गर्ने भएको हो ।
अहिलेको विषम् परिस्थितिमा पत्रकारहरूको स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै क्लबले पत्रकारहरूको स्वास्थ्य जाँचको व्यवस्था मिलाएको प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेतीले बताए ।
स्वास्थ्य शिविरमा पत्रकारहरूको अक्सिजन लेभल, छाती र नाडीको धड्कन मापन, छातीको एक्स–रे लगायतका प्रारम्भिक चरणका स्वास्थ्य जाँच गरिने क्लबका सचिव जिआर धितालले जानकारी दिए ।
क्लबले यसअघि पनि नगरभित्रबाट सञ्चालनमा आएका सवै सञ्चार माध्यम र सञ्चार गृहको हालको अवस्थाको बारेमा जानकारी लिएको थियो ।
साथै सञ्चारगृहमै पुगेर सम्पादक प्रकाशकहरुसँग भेटी कोभिड १९ को बखत सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्थाका बारेमा जानकारी लिदै आवश्यक स्वास्थ्य सामाग्री समेत वितरण गरेको थियो ।

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...