पत्रकार चुनाव : प्रदेश अध्यक्षमा मोहन काजीको उम्मेद्वारी

झापा । नेपाल पत्रकार महासंघको आउँदो चैत २५ गते हुने निर्वाचनका लागि प्रदेश १ का पत्रकारहरूले मनोनयन पत्र दर्ता गराएका छन् । प्रदेश १ को अध्यक्ष बन्नका लागि अग्रज पत्रकार झापाका मोहनकाजी न्यौपानेसहित तीन जनाले उम्मेद्वारी दिएका छन् । मोहन काजीको प्रतिष्पर्धीका रुपमा लीलावल्लभ घिमिरे र सोमनाथ सुसेलीको पनि उम्मेद्वारी परेको हो ।
प्रदेश समितिको उपाध्यक्ष ९खुला० तर्फ अर्जुन जम्मेली, रोहितकुमार राई र लवदेव ढुंगानाको उम्मेद्वारी परेको छ । उपाध्यक्ष महिला कोटातर्फ कोकिला ढकाल र हिमकुमारी चेम्जोङले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै, महासचिव पदका लागि चार जनाले दाबेदारी प्रस्तुत गरेका छन् । वर्तमान महासचिव विवेक गौतमले सो पदमा पुनः उम्मेद्वारी दिएका छन् भने उनको प्रतिद्वन्दी बनेर श्री शिशा राई (श्रीप्रसाद), बन्धु पोखरेल, फिफाराज बेगा लिम्बूले मनोनयन गरेका छन् ।
प्रदेश महासंघको सचिव ९खुला० तर्फ अविजाल विष्ट, कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बूको उम्मेद्वारी परेको छ । समावेशीतर्फको सचिव पदका लागि सन्तवीर लामा र सन्तोष यादवले उम्मेद्वारी दिएका छन् । कोषाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । जसमा गणेश साम्पाङ, विमल लामिछाने ९बुद्धि० र सन्तोष रुचाल रहेका छन् ।
खुलातर्फका पाँच सदस्य पदका लागि १४ जनाको उम्मेद्वारी परेको छ । तीन महिला सदस्यका लागि सात जनाले दाबेदारी प्रस्तुत गरेका छन् । एक दलित सदस्य पदका लागि दुई जना र आदिवासी–जनजातिका लागि चार जनाले मनोनयन दर्ता गराएका छन् । २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उम्मेद्वारी परेको छ ।

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा...