काँकरभिट्टा खानेपानी निर्वाचन : पराजुलीको नेतृत्वमा एमाले र राप्रपासँगै

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि नेकपा (एमाले) र राप्रपा नेपालको तर्फबाट साझा उम्मेद्वारको नामावली प्रकाशन गरिएको छ । निर्वाचन परिचालन समिति संयोजक देवकुमार राई र राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर अध्यक्ष सबिना बजगाईंद्वारा संयुक्तरुपमा हस्ताक्षरीत विज्ञप्तीमा नेकपा एमाले र राप्रपाको तर्फबाट साझा उम्मेद्वारको टुंगो लगाएको हो ।
विज्ञप्तीमा नेकपा ९एमाले० मेचीनगर र राप्रपा नेपाल मेचीनगरको तर्फबाट समर्थन गर्दै साझा उम्मेद्वारको रूपमा प्रस्तुत गरिएको जनाइएको छ । साझा उम्मेदवारको अध्यक्षमा यसअघि सचिव रहेका राजकुमार पराजुलीलाई पठाउने निणर्य गरेको छ । उपाध्यक्षमा गोविन्द गिरी, सचिवमा चन्द्रप्रसाद निरौला, कोषाध्यक्षमा हेमा सिटौला तय गरेको छ ।
त्यस्तै महिला सदस्यमा दुर्गादेवी भेटवाल, मिनमाया लिम्बू सुब्बा, सदस्यहरुमा रविन राउत, प्रितम काफ्ले र नारायण काफ्लेलाई पठाएको छ । लेखा समिति संयोजकमा जीवन थापा, सदस्यहरुमा सीता राई र टोलबहादुर सुनार ‘नारायण’ रहेका छन् । काँकरभिट्टा खानेपानीको निर्वाचन आउदो चैत २१ गते शनिबार हुँदैछ ।

काँकरभिट्टा । बाढीले डाइभर्सन बगाएर काँकरभिट्टाको कालीखोलामा अवरुद्ध...

काँकरभिट्टा । गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग...

झापा । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का...

मेचीनगर । झापाको मेचीनगर ६ मेची डाँडा स्थित...

बाहुनडाँगी । झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास...

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर...

झापा । झापाको कमल गाउँपालिका–३, केर्खा बजार स्थित...