‘प्रेस संगठन झापा संयोजकमा न्यौपाने

बिर्तामोड । प्रेस संगठन नेपालको झापा संयोजकमा पत्रकार सुब्रत न्यौपाने चयन भएका छन् । उनी एपीवान टेलिभिजनका झापा ब्युरो तथा विवेचना दैनिकका सम्पादक हुन् । प्रचण्ड नेपाल समूह निकट संगठनको सहसंयोजकमा झुलन रेग्मी र अनिलदेव राई चयन भएका छन् । त्यसैगरी सचिवमा उद्धव पुरी चयन भएका छन् ।
रेग्मी जन‐संसद् दैनिकका सम्पादक हुन । राई पत्रकारिता र साहित्यमा सक्रिय छन् भने पुरी ब्लाष्ट टाइम्स दैनिकमा आबद्ध छन् ।
नेकपामा देखिएको पार्टी विभाजनको असर पार्टी सम्बद्ध पत्रकारको संगठनमा समेत परेको छ । यसअघि नेकपाको ओली पक्षीय समुहले प्रदेश तथा जिल्ला समिति गठन गरिसकेको छ ।

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...

झापा । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका...