उद्दार गरिएका बालबालिकालाई अभिभावको जिम्मा
काँकरभिट्टा । भारतका विभिन्न सेल्टर होममा राखिएका नेपालका ९ जना बालबालिकाहरुलाई बुधबार अभिभावकको जिम्मा लगाइएको छ । नेपाली महावाणिज्य दूतावास कलकत्ता र विश्व सेवा विस्तार संस्था काँकरभिट्टा शाखाको समन्वयमा उद्दार गरिएका ती बालबालिकाहरुलाई अभिभावकको जिम्मा लगाइएको हो ।
उद्दार गरिएकाहरुमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल–६ की करिस्मा लामा, दोलखा बावरे–२ का श्याम थामी, दोलखा बावरे–५ का थोपगेल थामी, झापा शरणामति–९ का रोहन भट्टराई, शरणामति–९ का मनिक दुलाल, इलाम सूर्योदय नगरपालिका–३ की दिक्षिना तामाङ, सन्दकपुर गाउँपालिका–५ की अनुषा गुरुङ राई, सूर्योदय नगरपालिका–४ की पूजा प्रधान र मुन्नि ढोली र झापा मेचीनगर–५ का समिर सुब्बा छन् । करिब २ महिनाको अवधिमा उद्दार गरिएका बालबालिकाहरु ५ देखि १८ वर्ष उमेर समूहका रहेका विश्व सेवा विस्तार संस्था संस्थाका सहयाेगि गणेश राई गणेश राईले जानकारी दिए ।
उनका अनुसार कम्तिमा ३ महिनाअघि र बढीमा ३ वर्षअघिदेखि घरबाट सम्पर्कविहीन भएका बालबालिकाहरुलाई उद्दारपछि आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काइएको हो । नेपाली महावाणिज्य दूतावास कलकत्ताका कार्यालय सचिव सतिस थापा, विश्व सेवा विस्तार संस्थाका सहयाेगि गणेश राई, विश्व सेवा विस्तार संस्था काँकरभिट्टाका जनसम्पर्क अधिकारी अनिता गुरागाईं, सिनियर बोर्डर स्टाफ प्रमिला दुराल, बोर्डर स्टाफ ईन्द्रकुमार बस्नेतलगायतले उद्दार गरी ल्याइएका बालबालिकालाई अभिभावकको जिम्मा लगाएका छन् ।
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी...


