उद्दार गरिएका बालबालिकालाई अभिभावको जिम्मा
काँकरभिट्टा । भारतका विभिन्न सेल्टर होममा राखिएका नेपालका ९ जना बालबालिकाहरुलाई बुधबार अभिभावकको जिम्मा लगाइएको छ । नेपाली महावाणिज्य दूतावास कलकत्ता र विश्व सेवा विस्तार संस्था काँकरभिट्टा शाखाको समन्वयमा उद्दार गरिएका ती बालबालिकाहरुलाई अभिभावकको जिम्मा लगाइएको हो ।
उद्दार गरिएकाहरुमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल–६ की करिस्मा लामा, दोलखा बावरे–२ का श्याम थामी, दोलखा बावरे–५ का थोपगेल थामी, झापा शरणामति–९ का रोहन भट्टराई, शरणामति–९ का मनिक दुलाल, इलाम सूर्योदय नगरपालिका–३ की दिक्षिना तामाङ, सन्दकपुर गाउँपालिका–५ की अनुषा गुरुङ राई, सूर्योदय नगरपालिका–४ की पूजा प्रधान र मुन्नि ढोली र झापा मेचीनगर–५ का समिर सुब्बा छन् । करिब २ महिनाको अवधिमा उद्दार गरिएका बालबालिकाहरु ५ देखि १८ वर्ष उमेर समूहका रहेका विश्व सेवा विस्तार संस्था संस्थाका सहयाेगि गणेश राई गणेश राईले जानकारी दिए ।
उनका अनुसार कम्तिमा ३ महिनाअघि र बढीमा ३ वर्षअघिदेखि घरबाट सम्पर्कविहीन भएका बालबालिकाहरुलाई उद्दारपछि आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काइएको हो । नेपाली महावाणिज्य दूतावास कलकत्ताका कार्यालय सचिव सतिस थापा, विश्व सेवा विस्तार संस्थाका सहयाेगि गणेश राई, विश्व सेवा विस्तार संस्था काँकरभिट्टाका जनसम्पर्क अधिकारी अनिता गुरागाईं, सिनियर बोर्डर स्टाफ प्रमिला दुराल, बोर्डर स्टाफ ईन्द्रकुमार बस्नेतलगायतले उद्दार गरी ल्याइएका बालबालिकालाई अभिभावकको जिम्मा लगाएका छन् ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


