आन्तरिक पर्यटन प्रदेश १ को सह–संयोजकमा कार्की
मेचीनगर । मेचीनगर ४ बाहुण्डाँगीका अर्जुन कार्की आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश १ को सह–संयोजकमा चयन भएका छन् ।कार्कीलाई नेपाल पर्यटन बोर्डले गत पुसमा प्रदेश समिति सह–संयोजकमा नियुक्त गर्ने निर्णय गरेको थियो । बोर्डले पठाएको आधिकारीक पत्र शुक्रबार प्राप्त भएको कार्कीले बताए ।
बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न भन्दै पछिल्लो समय देशका ७ वटै प्रदेशहरुमा आन्तरिक पर्यटक पुनरुत्थान समिति गठन गरेको छ ।त्यस्तै कार्की होमस्टे १ नम्बर प्रदेश समितिको सल्लाहकारमा मनोनित भएका छन् । समितिको बैठकले झापाबाट कार्की र सुनसरीबाट एलिना मगरलाई चयन गरेको हो ।

मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

