थापाले सुरु गरे एम.एन.ए. फेन्सी स्टोर

काँकरभिट्टा । मेचीनगरका युवा व्यवसायी बालकृष्ण थापाले सरस्वती पूजाको सन्र्दभ पारेर मंगलबारबाट नयाँ व्यवसाय सुरु गरेका छन् । सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका थापाले मेचीनगर–६ स्थित शान्तिपथमा एम.एन.ए. फेन्सी स्टोर सञ्चालनमा ल्याएका हुन् ।
करिब १२ लाख रुपैयाँ लगानी गरी थालिएको स्टोरमा महिला तथा बालबच्चाहरुलाई आवश्यक कपडा, जुत्ता, चप्पल र कस्मेटिक सामान राखिएको उनले बताए । ‘निजी निवासको भूँइतलामा व्यवसाय सुरु गरेका छौं, ब्राण्डेड आइटमहरु छन्ं’ प्रोपाइटर थापाले भने–‘उद्घाटनको अवसरमा विशेष छुटको व्यवस्था छ ।’
उनका अनुसार स्टोरमा महिला तथा बालबच्चालाई लक्षित गरी राखिएका स्तरीय सामान काँकरभिट्टा क्षेत्रका अन्य पसलमा भन्दा ५० प्रतिशत कम मूल्यमा विक्री गरिनेछ । छड्के अनुसन्धान साप्ताहिकका प्रकाशक रहेका थापाले छोरीहरु मनिषा, निशा र अनिषा थापाको नामबाट उक्त व्यवसाय सञ्चालनमा ल्याएका हुन् ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...