मेचीनगर प्रमुख आचार्य ३९ दिनको उपचारपछि आज घर फिर्ता

काँकरभिट्टा । मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य आइतवार भारतको सिलिगुढीबाट घर फर्केका छन् । नगरप्रमुख आचार्य ३९ दिनको अस्पताल बसाइपछि आइतवार भारतको सिलिगुढीबाट घर फर्केका हुन् ।
कोभिड १९ को संक्रमणसँगै फोक्सोमा इन्फेक्सन भएर उनी उपचारका लागि सिलिगुढीको किन्स हस्पिटलमा भर्ना भएका थिए ।
कोरोना र फोक्सोको इन्फेक्सनको सफल उपचारपछि नगरप्रमुख स्वास्थ्यलाभ गरेर घर फर्केको हुन् ।
असोज २८ गते पीसीआर पोजेटिभ भएपछि कार्तिक ४ गते आचार्यलाई विराटनगरको नोवेल हस्पिटलमा भर्ना गरिएको थियो । कार्तिक ११ गते उनलाई थप उपचारका लागि भारतको सिलिगुढीस्थित किन्स हस्पिटलमा भर्ना गरिएको थियो ।

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...

झापा । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका...