झापाको दमकमा धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या
झापा । दमक १ का चुडामणी भण्डारीले आफनै श्रीमतीको हत्या गरेका छन् ।आज साँझ कमल ६ जोगीचौंन स्थित आफनो खेतीमा गएको समयमा भण्डारीले अन्दाजी ३७ बर्षीया श्रीमती टिकामाया पौडेललाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
भण्डारीले श्रीमती किन हत्या गरे भन्ने बिषय खुल्न बाँकी रहेको र थप अनुसन्धान भईरहेको दमक प्रहरीले जनाइएको छ । हत्यामा संलग्न भण्डारीलाई नियन्त्रणमा लिइसकेको पण्डितले जानकारी दिए ।
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


